National life

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन, अवैध फार्मेसी संञ्चालमाथि कारबाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
1.3kShares
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन, अवैध फार्मेसी संञ्चालमाथि कारबाही
ncell

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले बजार अनुगमन गरेको छ ।

उक्त अनुगमनमा अवैध रूपमा सञ्चालितलाई औषधि पसलहरूलाई कारबाही गरेको हो । अनुगमनटोलीले औषधि पसल (फार्मेसी) हरूलाई कारबाही गरेको छ।

भक्तपुरमा अवैध रूपमा औषधि पसल सञ्चालन हुनुको साथै अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेकोलगायत गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन शुरू गरेको गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुगमनका क्रममा भक्तपुर दूध पाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट ३० हजार बराबरका औषधि जफत गरी १० जरिवाना गरिएको छ । साथै उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तापक्रममा राख्नुपर्ने औषधिलाई जथाभाबी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना गरिएको छ ।

त्यस्तै, सोही स्थानमा रहेको न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाही स्वरूप पाँच हजार जरिवाना लगाएको छ। खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभाबी राखेको र मिति नाघेका ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ।

त्यसैगरी, मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमति पत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिस्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

सूर्य विनायक नपा–६ पाण्डु बजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि रु एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ । सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्य विनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?