National life

जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई परराष्ट्र मन्त्रालयको कूटनीतिक पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
764Shares
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई परराष्ट्र मन्त्रालयको कूटनीतिक पत्र
ncell

काठमाडौँ । सूर्य दर्शन सहकारी संस्थाको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्राचार गरेको छ।

फरार रहेका राई मलेसियामा रहेको अनुमान गरिएको छ। प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई ‘कूटनीतिक नोट’पठाएको हो । मन्त्रालय स्रोतका अनुसार मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ (जिम्मा लगाउन) कूटनीतिक पत्रमार्फत अनुरोध गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोखरास्थित सूर्य दर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् । उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट  रेड नोटिस जारी भएको छ । यसअघि १३ माघमा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बागलुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?