National life

राहदानी सेवा हप्ता दिनसम्म प्रभावित हुने : राहदानी चाहिनेले अहिले नै लिन विभागको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.1kShares
राहदानी सेवा हप्ता दिनसम्म प्रभावित हुने : राहदानी चाहिनेले अहिले नै लिन विभागको आग्रह
ncell

काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने तयारीसँगै केही समयका लागि राहदानी वितरण सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागले अन्तरिम व्यवस्थाको अवधिमा राहदानीसम्बन्धी सेवा एकदेखि केही दिनसम्म बन्द हुन सक्ने जानकारी दिएको हो।

विभागका अनुसार हाल सञ्चालनमा रहेको पुरानो प्रणालीलाई विस्थापित गरी नयाँ प्रविधिमा आधारित प्रणाली जडान गर्ने प्रक्रियामा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्छ। विभागले सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, राहदानी विभागको केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवा भने करिब एक सातासम्म प्रभावित हुन सक्ने बताइएको छ। नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रारम्भिक चरणमा प्रणाली स्थिर हुन केही समय लाग्ने भएकाले सेवाग्राहीलाई असुविधा हुन सक्ने विभागको भनाइ छ।

विभागका अनुसार नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिने सेवाग्राहीले राहदानी तयार भई जारी हुन अहिलेको तुलनामा बढी समय कुर्नुपर्ने सम्भावना रहेको छ।

सेवा प्रवाहलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली जडान गर्न लागिएको विभागले जनाएको छ। नयाँ प्रणाली कार्यान्वयनपछि राहदानी वितरण प्रक्रियालाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायमा पुगेर सेवा लिन आग्रह गरेको छ। सेवा अवरुद्ध हुन सक्ने सम्भावित समयतालिका र नयाँ प्रणालीसम्बन्धी विस्तृत जानकारी भने निकट भविष्यमा सार्वजनिक गरिने विभागले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?