National life

राहदानी विभागमा देखिएको समस्या समाधान, अवरुद्ध सबै सेवा पूर्ण रूपमा सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
655Shares
राहदानी विभागमा देखिएको समस्या समाधान, अवरुद्ध सबै सेवा पूर्ण रूपमा सुचारु
ncell

काठमाडौँ। कम्प्युटर प्रणालीमा समस्या देखिएको भन्दै अवरुद्ध बनेको राहदानी विभागबाट उपलब्ध गराइँदै आएको सेवा सोमबार साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

विभागले आइतबार मात्रै राहदानी विभागको केही कम्प्युटरमा भाइरस देखा परेको भन्दै २ हप्ताका लागि राहदानी सेवा बन्द  गर्नुपर्ने भएको भनेर सूचना जारी गरेको थियो । उक्त समस्याको सोमबार साँझदेखि नै समाधान भएको भन्दै विभागले सबै सेवा सुचारु भएको जानकारी दिएको छ ।

सेवा सञ्चालनमा आएसँगै राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आजदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ।  यसअघि आवेदन गरिसकेका ९बायोमेट्रिक समेत० सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला९इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?