National life

जीवन बीमा कम्पनीको 'नवीकरण शुल्क' साढे ४२ अर्ब बढी ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
676Shares
जीवन बीमा कम्पनीको 'नवीकरण शुल्क' साढे ४२ अर्ब बढी ,कुनको कति ?
ncell

काठमाडौँ। जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा साढे ४२ अर्ब रुपैयाँ बढीको नवीकरण बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक विवरण अनुसार अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको हुन् ।

जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलानामा ४.५९ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको कात्तिक मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरूले ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा सर्वाधिक नवीकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्सोरेन्स रहेको छ । कम्पनीको चार महिनामा नवीकरण बीमा शुल्क १२.६८ प्रतिशतले बढेर १२ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नवीकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नवीकरण बीमा शुल्क आर्जन ३३.६३ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नवीकरण बीमा शुल्क मार्फत ८२ करोड ६८ लाख रुपैयाँ मात्र संकलन गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?