National life

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा संकलन गरे ४१ अर्बको प्रिमियम (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
1.4kShares
जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा संकलन गरे ४१ अर्बको प्रिमियम (सूचिसहित)
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज) सम्म जीवन बीमा कम्पनीहरूले ४१ अर्ब बढीको व्यापार गरेका छन्। आज नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले त्रैमाससम्मको अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ०.६८ प्रतिशतले मात्रै बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष असोजसम्म कम्पनीहरूले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

असोज मसान्तसम्मको तथ्यांक अनुसार तीन महिनाको अवधिसम्ममा ११ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन सहित नेपाल लाइफ अग्रस्थानमा रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिमामा कम्पनीले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। बीमा शुल्क आर्जन सहित कम्पनीको व्यापारमा समेत ९.५१ प्रतिशतले बढेको छ।

त्यस्तै, सर्वाधिक व्यापार गर्ने कम्पनीको दोस्रो स्थानमा नेसनल लाइफ रहेको छ। कम्पनीले उक्त अवधिमा ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही समय अवधिसम्म कम्पनीले ४ अर्ब १९ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको व्यापारमा १६.९९ प्रतिशतले बढोत्तरी आएको हो ।

यसैगरी समीक्षा अवधिसम्म क्रमशः लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) ले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ र एसियन लाइफले २ अर्ब ३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

साथै, सानिमा लाइफले १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ,राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब २१ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?