National life

जीवन बीमा कम्पनीहरूको बीमा कोषमा १८.३५ % को वृद्धि, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
1.1kShares
जीवन बीमा कम्पनीहरूको बीमा कोषमा १८.३५ % को वृद्धि, कुन कम्पनीको कति ?
ncell

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको संयुक्त बीमा कोष ८० खर्ब ४४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८०/८१ को अन्त्यमा उक्त कोष ६७ खर्ब ९७ अर्ब ७७ करोड रुपैयाँ थियो । सोही आधारमा कुल बीमा कोषमा १८.३५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा कोष सबैभन्दा धेरै २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको कोष १ खर्ब ९५ अर्ब ७४ करोड रुपैयाँ थियो जसमा १९.७९ प्रतिशतको वृद्धि भएको हो। दोस्रो स्थानमा एलआईसी नेपाल लिमिटेड रहेको छ जसको कोष १ खर्ब १९ अर्बबाट बढेर १ खर्ब ३२ अर्ब ९२ करोड पुगेको छ । एलआईसीको बीमा कोष ११.४९ प्रतिशतले बढेको हो ।

बीमा कोष वृद्धिको हिसाबले हेर्दा सबैभन्दा उच्च वृद्धिदर राष्ट्रिय जीवन बीमा कम्पनी र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले देखाएका छन्। दुबै कम्पनीको कोषमा ४२.९७ प्रतिशतको वृद्धि देखिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको कोष ५४ अर्ब ६९ करोड ६७ लाखबाट ६२ अर्ब २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने आईएमई लाइफको कोष ९ अर्ब १६ करोडबाट १३ अर्ब १० करोड पुगेको हो।

बीमा कोषमा अन्य कम्पनीहरूमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ३६.७५ प्रतिशत, रिलायबल लाइफ इन्स्योरेन्सले ३६.४५ प्रतिशत र सानिमा रिलायन्स लाइफले ३४.६० प्रतिशतको वृद्धि देखाएका छन् । त्यस्तै सन नेपाल लाइफको बीमा कोष ३२.८६ प्रतिशतले बढ्दा सूर्य ज्योति लाइफले २५.५० प्रतिशतको वृद्धिदर कायम गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?