National life

जीवन लघुबीमा कम्पनीको पाँच महिनामा ४० करोड बराबरको बीमा शुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
644Shares
जीवन लघुबीमा कम्पनीको पाँच महिनामा ४० करोड बराबरको बीमा शुल्क आर्जन
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन लघुबीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा हाल सञ्चालनमा रहेका लघुबीमाहरुले ४० करोड ३४ लाख ८४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी गार्डियन माइक्रो लाइफ इन्सोरेन्सले बीमा शुल्क आर्जन गर्ने गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंसिर मसान्तसम्ममा कम्पनीले १५ करोड ५७ लाख रुपैयाँको व्यवसाय गरेको हो ।

त्यस्तै, उक्त पाँच महिनाको अवधिमा क्रेष्ट माइक्रो लाइफले १४ करोड ७८ लाख र लिबर्टी माइक्रो लाइफले ९ करोड ९८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्।

मंसिर महिनामा मात्र कम्पनीले ९ करोड ७६ लाख रुपैयाँको व्यवसाय गर्ने सफल भएका हुन् । मंसिर महिनामा गार्डियनले ३ करोड ६६ लाख, क्रेष्टले ३ करोड ६३ लाख र लिबर्टीले २ करोड ४६ लाख रुपैयाँको व्यवसाय गरेको तथ्याकंमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?