National life

जेठ महिनासम्ममा ६१ वटा नयाँ म्यानपावर दर्ता हुँदा ४३ वटा खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
1.5kShares
जेठ महिनासम्ममा ६१ वटा नयाँ म्यानपावर दर्ता हुँदा ४३ वटा खारेज
ncell

काठमाडौँ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता भएको जनाएको छ ।

विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाख अन्तिमसम्ममा ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले  बताएको छ ।

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी गर्नुपर्ने कानुनी व्यवस्था छ ।

वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ । यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउने गरी दर्ता भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?