National life

टिकटक पुरापुर खुलाउन टिकटकका प्रतिनिधि नेपालमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
778Shares
टिकटक पुरापुर खुलाउन टिकटकका प्रतिनिधि नेपालमा
ncell

काठमाडौं । । सरकारले प्रतिबन्ध हटाएसँगै चिनियाँ एप टिकटकका प्रतिनिधि काठमाडौँ आएका छन् । नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी नेपाल आएका हुन् ।

टिकटकको सिंगापुरस्थित कार्यालयबाट नेपाल आएका उनीहरूले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त अवसरमा उनीहरूले नेपाल सरकारले टिकटक खुलाउन राखेका शर्तहरु पुरा गर्ने प्रतिबद्धता पत्र तुरुन्तै दिन सकिने बताएका छन् ।

सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको ९ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । तर सञ्चार तथा सूचना प्रविधिमन्त्री भने दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?