National life
cg eloctronics

टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
1.4kShares
टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
muktinatha bikash bank

काठमाडौँ। टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक (Q3 2025) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्याएको छ।

यस तीन महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २,८२९,६१२ वटा भिडियो हटाइएका छन्। जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०४,५३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १८६,६०८,०८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८,९५०,७३५ भिडियो पुनःस्थापना गरिएका थिए।

everest bank

सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत रहेको थियो, जसमा ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११८,६१८,३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्कामा थप २२,२२६,५४२ अकाउन्ट पनि हटाइएको छ।

रिपोर्ट अनुसार हटाइएका कुल भिडियोहरूमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन। थप १५.७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए।

यसका अतिरिक्त, ३२.९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत हटाइएका भिडियो सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको नियमित प्रकाशनले कन्टेन्ट तथा अकाउन्ट सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। Q3 2025 रिपोर्ट सम्बन्धी विस्तृत जानकारी तथा टिकटकका कन्टेन्ट गाइडलाइन, टुल्स र पोलिसीबारे जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिन्छ।

टिकटकको बारेमा

टिकटक छोटो स्वरूपका मोबाइल भिडियोहरूको अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र प्रयोगकर्तामा खुशी फैलाउनु हो। टिकटकका विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेका छन् भने न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायतका सहरहरूमा यसका कार्यालयहरू रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?