National life

सामाजिक सञ्जाल टिकटकले गर्‍यो नेपालमा आधिकारिक दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
1.2kShares
सामाजिक सञ्जाल टिकटकले गर्‍यो नेपालमा आधिकारिक दर्ता
ncell

काठमाडौँ। सर्वाधिक प्रयोगमा रहेको सामाजिक सञ्जाल टिकटकले नेपालमा आधिकारिक रूपमा दर्ता गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको हो।

सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको हो। यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोगलगायत नेपाल सरकारले तोकेका सर्त पूरा गर्ने सहमतिका साथ दर्ता भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। सोहीअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरे पनि गत भदौ ६ मा प्रतिबन्ध फुकाएको थियो। आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट राजस्व उठाउने बाटो खुलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?