National life

टिकटकद्वारा “फर यु फीड” लाई अझ व्यक्तिगत र सुरक्षित बनाउने नयाँ टुलहरू सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
1.2kShares
टिकटकद्वारा “फर यु फीड” लाई अझ व्यक्तिगत र सुरक्षित बनाउने नयाँ टुलहरू सार्वजनिक
ncell

काठमाडौँ । टिकटकले “फर यु फीड” (FYF) लाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ। यी अपडेटहरू टिकटकको प्रयोगकर्ताहरु लाई बलियो बनाउने निरन्तर प्रतिबद्धताको हिस्सा हुन्, जसले मानिसहरूलाई आफ्ना रूचिहरू अनुसार अझ गहिरो रूपमा खोजी गर्न, नचाहिएका कन्टेन्टहरू सीमित गर्न र सिफारिसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ।

FYF टिकटक एक्सपिरियन्सको केन्द्रबिन्दु हो जसले मानिसहरूलाई कन्टेन्ट, कम्युनिटी र उनीहरू लाई मनपर्ने क्रियटरहरूसँग कनेक्ट गर्दछ। नेपालमा पनि यसले नयाँ पुस्ताका क्रियटर र उद्यमीहरूको अडियन्स बढाउने र आफ्नो करियर विस्तार गर्न सहयोग पुर्‍याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सारिका न्यौपाने (Lil.foodie__) को खाना सम्बन्धी कन्टेन्टदेखि सिम्पल खरेलका ट्रेन्डी र एस्थेटिक भिडियोहरू, भास्कर महर्जन (Roaming Around Nepal) का यात्रा र गन्तव्य सम्बन्धी टिप्सदेखि Wangyalcoolfilmy का फिल्म रिभ्यू अनि सुभम र स्वेक्क्षा (Love.eat.repeatt) का खाना सम्बन्धी कन्टेन्टहरूसम्म, FYF मार्फत देशभरका क्रियटरहरू फस्टाइरहेका छन्।

रूचिहरू व्यवस्थापन गर्ने नयाँ तरिका – म्यानेज टपिक्स

टिकटकले म्यानेज टपिक्स नामक नयाँ फिचर ल्याएको छ, जसले योगकर्ताहरुलाई क्रियटिभ आर्ट्स, ट्राभल, नेचर, स्पोर्ट्स लगायत १० भन्दा बढी लोकप्रिय श्रेणीका भिडियोहरू कति पटक देखिने भनेर समायोजन गर्न मद्दत गर्छ। कन्टेन्ट पूर्ण रूपमा हटाइने छैन, तर अब युजरले आफ्नो बदलिँदो रूचि अनुसार भिजिबिलिटी मिलाउन सक्छन् र यसले आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुनेछ।

स्मार्ट किवर्ड फिल्टर

टिकटकले अहिले स्मार्ट किवर्ड फिल्टर्सको सुविधा पनि ल्याएको छ, जुन AI प्रविधिमा आधारित छ। यो फिचरले हाल प्रयोगमा रहेका २०० मिलियन शब्दहरू ब्लक गर्ने प्रणालीलाई अझ सशक्त बनाउँदै पर्यायवाची शब्द र मिल्दोजुल्दो शब्दहरूलाई पनि अझै सटिक र कन्ट्रोल गर्न मिल्ने गरी समावेश गर्दछ। आउने केहि महिनामा यो सीमा १०० शब्दबाट बढाएर २०० किवर्ड पुर्‍याइनेछ र युजरले आफ्नो सहजता अनुसार बल्क एडिटिंग गर्न सक्ने गरी सुविधा थपिनेछ।

FYF बुझ्नका लागि एजुकेसनल गाइड

पारदर्शिता बढाउनको लागि, टिकटकले एक शैक्षिक गाइड जारी गर्दैछ जसले FYF लाई बुझ्न र व्यवस्थापन गर्न टुल र टिप्सहरूलाई एकीकृत गर्दछ। यो टिकटकको निरन्तर प्रयासको एक हिस्सा हो जसले मानिसहरूलाई फर यु फिडले कसरी काम गर्छ भनेर बुझ्न मद्दत गर्दछ। यसमा कन्टेन्ट किन सिफारिस गरिएको थियो भनेर देखाउने फिचरहरू र विश्वभर १८ करोड भन्दा बढी भ्यूहरू प्राप्त गरेका शैक्षिक भिडियोहरू पनि समावेश छन्।

टिकटकका प्रवक्ताले भने, "फर यु फीडले टिकटकलाई अरू सबै प्लेटफर्मभन्दा फरक बनाउँछ जहाँ तपाईंले आफूलाई मनपर्ने विषयवस्तुहरू पत्ता लगाउन सक्नुहुन्छ या आफ्नै कम्युनिटी निर्माण गर्न सक्नुहुन्छ। हामी मानिसहरूलाई उनीहरूले मन पराउने कन्टेन्ट, क्रियटर र विषयहरू सुरक्षित र व्यक्तिगत वातावरणमा खोज्न सघाउने नयाँ टुल ल्याउन पाउँदा अति उत्साहित छौं।"

टिकटकले जिम्मेवार भएर कन्टेन्ट सिफारिस गर्नेछ

यी सबै अपडेटहरू किशोर र प्रौढ दुवैका अकाउन्टहरूमा लागू हुनेछन्, जसले FYF अनुभवलाई अझ सुरक्षित बनाउनेछ। यसमा निम्न कुराहरू समावेश छन्:

· FYF मा देखिने कन्टेन्टका लागि कडा मापदण्ड अपनाउने, जसले आम दर्शकका लागि अनुपयुक्त कन्टेन्टलाई सिफारिसमा देखिन नदिने र किशोरहरूलाई संवेदनशील कन्टेन्टहरूबाट जोगाउन Content Levels जस्ता सुरक्षाका उपायहरू अपनाउन काम गर्ने। · मानिसहरूलाई आफ्नो FYF रिफ्रेस गर्न मद्दत गर्न थप FYF टुलहरू प्रदान गर्ने, उनीहरूलाई भिडियोमा "नट इन्टेरेस्टेड" भनेर संकेत गर्ने वा व्यापक दर्शकहरूको लागि सहज नहुन सक्ने कन्टेन्टलाई थप सीमित गर्न “रेस्ट्रीक्सन मोड” सक्रिय गर्ने।

· कहिलेकाहीँ हेर्दा ठीक लाग्ने तर बारम्बार देखिँदा असर पार्न सक्ने कन्टेन्ट जस्तै एक्स्ट्रिम फिटनेस कन्टेन्टको बारम्बार सिफारिसलाई सीमित गर्न प्रयास गर्ने।

यी सबै अपडेटहरूले एकसाथ FYF मा पारदर्शिता र नियन्त्रण दिँदै यु प्रयोगकर्ताहरुलाई सकारात्मक खोजको अनुभव दिने टिकटकको प्रतिबद्धता झल्काउँछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?