National life

ट्रम्पद्वारा न्यू योर्क टाइम्स विरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
1.3kShares
ट्रम्पद्वारा न्यू योर्क टाइम्स विरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर
ncell

काठमाडैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्यू योर्क टाइम्स विरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गरेका छन् । टाइम्स, यसको चार पत्रकार र पुस्तक प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसलाई प्रतिवादी बनाइएको छ।

रिपब्लिकन पार्टी निकट द वाल स्ट्रिट जर्नलका अनुसार फ्लोरिडामा दायर ८५ पृष्ठ लामो मुद्दामा गत वर्षको निर्वाचनमा टाइम्सले हस्तक्षेप गरेको, ट्रम्पबारे झुटा र मानहानिपूर्ण सामग्री प्रकाशित गरेको र कमला ह्यारिसलाई खुला समर्थन गरेको दाबी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो मुद्दामा टाइम्सका लेखहरू र लकी लुजरस् हाउ डोनाल्ड ट्रम्प स्क्वान्डर्ड हिज फादर्स फर्च्युन एन्ड क्रिएटेड द इलुजन अफ सक्सेस नामक पुस्तकलाई पनि प्रमाणका रूपमा उल्लेख गरिएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत मुद्दाको घोषणा गर्दै टाइम्सलाई “उग्र वामपन्थी र डेमोक्रयाटिक पार्टीको मुखपत्र” को आरोप लगाएका छन्। उनले यसअघि एबीसी न्यूज र प्यारामाउन्ट ग्लोबलसँग आर्थिक सम्झौतामार्फत मुद्दा मिलाइसकेको खुलासा पनि गरेका छन्।

ट्रम्पले यसअघि पनि २०२१ मा टाइम्स र आफ्नी भतिजी मेरी ट्रम्पविरुद्ध मुद्दा दायर गरेका थिए। तर सन् २०२३ मा न्यायाधीशले त्यो मुद्दा संविधानको प्रथम संशोधनले संरक्षण गर्ने भन्दै खारेज गरेका थिए।

पछिल्लो मुद्दाबारे न्यू योर्क टाइम्सले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?