काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।
यस दिन सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार भने तोलामा एक लाख ५२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।
अमेरिकी डलरको भाउ घट्दा जाँदा सुनको मूल्यमा प्रभाव परेको देखिएको छ । यता, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको छ ।
उता अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात् १४.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५१८.४३ डलरमा खरिदबिक्री भएको छ ।


































