National life

डिजिटल ठगीबाट बच्न र गैरकानुनी कारोबारबाट टाढा रहन केन्द्रीय बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
712Shares
डिजिटल ठगीबाट बच्न र गैरकानुनी कारोबारबाट टाढा रहन केन्द्रीय बैंकको आग्रह
ncell

काठमाडौं । डिजिटल ठगीबाट बच्नका लागि नेपाल राष्ट्र बैंकले सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सूचित गरेको छ। केन्द्रीय बैंकले सम्भावित ठगीबाट बच्न र गैर कानुनी कारोबारबाट टाढा रहन आह्वान गरेको छ । हो ।

अरू कसैको नागरिकता,फोटो र टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्नेहरू सलबलाएको भन्दै सम्भावित ठगीबाट बच्न राष्ट्रबैंकले अनुरोध गरेको छ ।

Royal Enfield
nic asia capital

साथै ,क्रिप्टोकरेन्सी खरिदबिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने,यस्ता गैर कानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने,डर त्रास देखाई रकम असुली गर्ने,विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकाले यस्ता वित्तीय जोखिमप्रति सजग रही आफ्नो महत्त्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता,खाता नम्बर,क्युआर,ओटिपि पिन कोड पासवर्ड जस्ता आफ्ना गोप्य विवरण कसैलाई नदिन राष्ट्र बैंकले सुझाव दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?