National life

डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गर्दै लक्ष्मी सनराइज बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ माघ २०८०, बिहिबार
768Shares
डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गर्दै लक्ष्मी सनराइज बैंक
ncell

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ ।

ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने जनाएको छ ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्स एनएक्सटी कोशेढुङा साबित हुने बताएका छन् । परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानान्तर रूपमा विकास गर्दै, ओरेन्स एनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिने बैकंले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ओरेन्स एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सन्त कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको हो। परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्स एनएक्सटीले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरू पूरा गर्ने उनले विश्वास लिएको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?