National life

डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राख्ने दुई जना पदमुक्त 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
585Shares
डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राख्ने दुई जना पदमुक्त 
ncell

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन्।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको आरोपमा गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए। उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत ९नोट अफ डिसेन्ट० लेखेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?