National life

तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
918Shares
तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात
ncell

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उक्त रकम बराबरको ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०–०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि सो वर्ष नेपालबाट १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै, सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्क छ ।

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?