काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































