National life

दशैंका तीन दिन मनकामना केबलकार सेवा बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ असोज २०८२, आइतबार
1.5kShares
दशैंका तीन दिन मनकामना केबलकार सेवा बन्द रहने
ncell

काठमाण्डौ । मनकामना केबलकार प्रा.लि.ले यस वर्षको महानवमी, विजया दशमी र एकादशीका दिन सेवा सञ्चालन नहुने जनाएको छ। कम्पनीका अनुसार असोज १५ गते (अक्टोबर १), असोज १६ गते (अक्टोबर २) र असोज १७ गते (अक्टोबर ३) मा केबलकार सेवा बन्द रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा यात्रुहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनीले क्षमा प्रकट गरेको छ। नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने जानकारी कम्पनीले दिएको छ।

मनकामना केबलकारले आफ्ना सेवाग्राहीलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, विजयादशमी तथा बडादशैंको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना पनि व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?