National life

दुई महिनामा २ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा २ खर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
690Shares
दुई महिनामा २ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा २ खर्ब नाघ्यो
ncell

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१ /८२ को साउन र भदौ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

भन्सार विभागले तयार पारेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिना (साउन,भदौ) मा विभिन्न मुलुकबाट नेपालमा उक्त रकम बराबरको बस्तु आयात भएको हो । यो  गत वर्षको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा भने कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात बढ्दा नेपालबाट हुने निर्यात भने ५.१२ प्रतिशतले घटेको छ।

चालू आर्थिक वर्षको दुई महिनामा नेपालबाट कुल २५ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

प्रस्तुत तथ्यांक अनुसार गत वर्षको तुलनामा नेपालको व्यापार घाटा बढेको छ। चालू आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको तुलनामा १.७८ प्रतिशतले बढी हुन आउँछ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?