काठमाडौं : प्रभु इन्सुरेन्सको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ७७ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन बढेकाले खुद नाफामा वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १००.६१ प्रतिशतले बढेर ४२ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।


































