National life

धानको आयात ५३ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
949Shares
धानको आयात ५३ प्रतिशतले बढ्यो
ncell

वीरगञ्ज । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट छ अर्ब १० करोड रुपैयाँ बराबरको दुई लाख दुई हजार पाँच सय ३९ रुपैयाँ मेट्रिक टन धान आयात भएको थियो । चालु आवको सोही अवधिमा ११ अर्ब ३८ करोड रुपेयाँ बराबरको तीन लाख आठ हजार नौ सय ३३ मेट्रिक टन धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवमा गत आवको तुलनामा एक लाख छ हजार तीन सय ९४ मेट्रिक टन बढी धान आयात भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, गत आवको साउनदेखि वैशाखसम्ममा दुई अर्ब ५८ करोड रुपैयाँ मूल्यको ४० हजार रुपैयाँ बराबरको दुई सय ५४ रुपैयाँ मेट्रिक टन चामल आयात भएकामा चालु आवको सोही अवधिमा दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको ३१ हजार एक सय ३५ मेट्रिक टन चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । उनका अनुसार चालु आवमा नौ हजार एक सय १९ मेट्रिक टन चामल कम आयात भएको छ ।

चामलको निर्यातमा भारत सरकारले २० प्रतिशत ‘डियुटी’ लगाएपछि चालमको आयात खुम्चिँदै गएको नेपाल चामल तेल दाल सङ्घका अध्यक्ष डा सुबोद गुप्ताले जानकारी दिए । उनले सरकार र खाद्य व्यवसायीको आग्रहमा भारत सरकारले चामल निर्यातमा डियुटी लगाउँदै शून्य डियुटीमा धानको कोटा निर्धारित गरेको बताए ।

चामलको आयात घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव खाद्य उद्योगमा परेको सरोकारवालाको भनाइ छ । स्वदेशी उत्पादनलाई बढाउन सिँचाइ सुविधाको व्यवस्था, उन्नत जातको बीउ, आवश्यक मलखादलगायत सामाग्री सरकारले किसानलाई उपलब्ध गराएर खाद्यान्नमाथिको परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने सरोकारवाला बताउँछन् । रासस

यो समाचार शेयर गर्नुहोस्
949SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?