National life

नक्कली कागजातमा संलग्न वायु सेवा र नेपाल एअर लाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
802Shares
नक्कली कागजातमा संलग्न वायु सेवा र नेपाल एअर लाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता
ncell

काठमाडौं नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न भएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा थप १० जना माथि मुद्दा दर्ता गरेको हो ।

पछिल्लो पटक वायु सेवा निगमका कर्मचारीदेखि नेपाल एअर लाइन्सका कर्मचारीसम्म गरी १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ। त्यो संगै पछिल्लो पटक मुद्दा दर्ता गरिएका १० जना मध्ये २ जना भने फरार प्रतिवादी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?