National life

नबिल बैंकका ठूला सेयरधनीमा धेरैजसो विदेशी कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
705Shares
नबिल बैंकका ठूला सेयरधनीमा धेरैजसो विदेशी कम्पनी
ncell

काठमाडौ । नबिल बैंकका ठूला सेयरधनीमा स्वदेशी तथा विदेशी कम्पनी र बैंक रहेका छन् ।

जस अनुसार बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी ९इन्टरनेशनल०आयरल्याण्डको रहेको छ । बैंकमा एनबीको १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात ३९।४४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बंगलादेशको आईएफआईसी बैंक पीएलसीको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ७।७७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा राष्ट्रिय बीमा कम्पनीको २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात ७।६३ प्रतिशत, भारतको मुथुट फाइनान्सको ११ लाख ९८ हजार ५३१ कित्ता अर्थात ०.४४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नेपाल स्टक एक्सचेञ्जको ७ लाख १२ हजार ३४० कित्ता अर्थात ०.२६ कित्ता र अन्य व्यक्ति तथा संस्थाको ७८ लाख ४९ हजार ७८२ कित्ता अर्थात २.९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकको सञ्चालक समिति सदस्य रहेका निर्वाण चौधरीको १८ लाख ९७ हजार ४५९ कित्ता, सर्वसाधारण समूह तर्फका अनन्त पौड्यालको २६ हजार १८८ कित्ता र सर्वसाधारण समूहका प्रविन टिवडेवालाको १ हजार ५६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?