National life

नाडा अटो - शो को टिकट बुकिङ खुल्ला, खल्ती एपबाट टिकट लिन सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
557Shares
नाडा अटो - शो को टिकट बुकिङ खुल्ला, खल्ती एपबाट टिकट लिन सकिने
ncell

काठमाडौं । नाडा अटो शो को टिकट बुकिङ खुल्ला गरिएको छ ।

आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्स्पो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोमा आकर्षक विद्युतीय तथा कर्मसियल भेइकलको प्रदर्शनी हुने नाडाले बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडाले आगामि भदौ २६ गतेदेखि आयोजना हुन लागेको १५ औं अटो शोको बारेमा जानकारी दिएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टिकट खल्ती एपबाट अनलाइन मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ । टिकटको सर्वसाधारणलाई २ सय रुपैँया र विद्यार्थीलाई २५ प्रतिशत छुट दिएर १५० रुपैँया मूल्य निर्धारण गरिएको आयोजकले जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले व्यवसायीहरूले जोखिम मोलेल अटोमोवाइल प्रदर्शनी आयोजना गर्न लागेको बताए । ‘अवस्था नाजुक भए पनि अटो बजारलाइ भाइब्रेट गराउने उद्देश्यले जोखिम मोलेर प्रदर्शनी आयोजना गर्न लागेका छौं’, थापाले भने ।

विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए । प्रदर्शनीको घोषणा गर्नासाथ अनपेक्षित हिसाबले बुकिङ आएको पनि थापाले बताए ।

‘बुकिङ ओपन हुँदा हामीमालाई स्टल बुकिङ नै नहुने हो कि भन्ने शंका थियो । तर, अनुमान भन्दा धेरै राम्रो बुकिङ आएको छ’, थापाले भने । उनले भृकुटी मण्डप सानो र गाडी पार्किङको लागि असहज भएको हुँदा धेरै स्टिल राख्न नसकिएको बताए ।

नाडाका सचिव एवम अटोशो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लकहरु रहेको जानकारी दिए ।

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने बरालले बताए ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने बरालले जानकारी दिए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?