National life

 निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा अब बिमितले २० प्रतिशत रकम बेहोर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
731Shares
 निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा अब बिमितले २० प्रतिशत रकम बेहोर्नुपर्ने
ncell

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वैशाख २ गतेदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने ९सहभुक्तानी० लागू गरिएको बताए।

“अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उनले भने, “जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बिमाबाट लाभान्वित हुनेछन् ।

”स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए ।

कार्यकारी निर्देशक डा। बसौलाका अनुसार सहभुक्तानी १५ शैयासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । संघीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ ।

बिमा कार्यक्रममा कूल बिमित संख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल बिमितमध्ये सेवा लिनेको संख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?