काठमाडौं । चालु आर्थिक बर्षको असोज महिनामा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्बमाथिको व्यवसाय गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुले असोज महिनामा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रिमियम रकम संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रिमियम संकलन गरेको छ। कम्पनीले असोज महिनामा ४० करोड रुपैया प्रिमियम संकलन गरेको हाे।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले असोज महिनामा ३७ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असोज महिनामा ३३ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेकाे छ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ, आईजीआई पु्रडेन्सियलले ३१ करोड १५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४ करोड रुपैयाँ युनाईटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, प्राधिकरणको तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ५ लाख रुपैयाँ, दि ओरियन्टलले १९ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १५लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड ९० लाख रुपैयाँ आर्जन गरेका छन् ।
त्यस्तै, नेशनल इन्स्योरेन्सले ७ करोड र राष्ट्रिय बीमा कम्पनीले ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।


































