National life

फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीको व्यापार ३१ अर्ब बढी, कुन कम्पनीको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.4kShares
फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीको व्यापार ३१ अर्ब बढी, कुन कम्पनीको कति ? 
ncell

काठमाडौं । हाल नेपालमा सञ्चालित १४ निर्जिवन बीमा कम्पनीले फागुन मसान्तसम्ममा कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, शिखर इन्स्योरेन्स कम्पनी यस अवधिको सबैभन्दा ठूलो बीमाशुल्क आर्जक बनेको छ। कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले ३ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब २० करोड रुपैयाँ संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियमले २ अर्ब ७९ करोड, आइजीआई प्युट्रेसिन्यलले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड र नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

अर्को समूहमा, युनाइटेड अजोडले १ अर्ब ९६ करोड, दि ओरियन्टलले १ अर्ब ९४ करोड, सानिमा जिआईसीले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड र नेशनल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

















































































क्रमकम्पनीको नामकुल बीमाशुल्क (रु.)
शिखर इन्स्योरेन्स४ अर्ब ३८ करोड
सगरमाथा इन्स्योरेन्स३ अर्ब ३६ करोड
हिमालयन एभरेष्ट इन्स्योरेन्स३ अर्ब २० करोड
सिद्धार्थ प्रिमियम२ अर्ब ७९ करोड
आइजीआई प्युट्रेसिन्यल२ अर्ब ६८ करोड
एनएलजी इन्स्योरेन्स२ अर्ब ५३ करोड
नेको इन्स्योरेन्स२ अर्ब ३९ करोड
युनाइटेड अजोड१ अर्ब ९६ करोड
दि ओरियन्टल१ अर्ब ९४ करोड
१०सानिमा जिआईसी१ अर्ब ७८ करोड
११नेपाल इन्स्योरेन्स कम्पनी१ अर्ब ४९ करोड
१२प्रभु इन्स्योरेन्स१ अर्ब २१ करोड
१३राष्ट्रिय बीमा कम्पनी१ अर्ब ६ करोड
१४नेशनल इन्स्योरेन्स (Aarthikvoice)८६ करोड

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?