National life

निर्जीवन बीमाको व्यवसाय साढे १९ अर्ब नाघ्यो : सगरमाथा लुम्बिनी शीर्ष स्थानमा, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.2kShares
निर्जीवन बीमाको व्यवसाय साढे १९ अर्ब नाघ्यो : सगरमाथा लुम्बिनी शीर्ष स्थानमा, कुनको कति ?
ncell

काठमाडौं ।  मंसिर महिनासम्मको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा निर्जीवन बीमा क्षेत्रले उल्लेखनीय व्यवसाय विस्तार गर्दै प्रतिस्पर्धा थप तीव्र बनाएको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनेको छ। कम्पनीले मंसिर मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
धेरै व्यवसाय गर्नेको सूचीमा दोस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जसले २ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा २ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ। चौथो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ, जसले १ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

अन्य कम्पनीतर्फ नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने मंसिर मसान्तसम्म ४९ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ।

समग्रमा मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय वृद्धि सकारात्मक देखिएको छ। बीमाप्रति बढ्दो जनचासो, जोखिम व्यवस्थापनप्रति सचेतना र संस्थागत बीमाको विस्तारले आगामी महिनामा पनि निर्जीवन बीमा क्षेत्रको व्यवसाय थप सुदृढ हुँदै जाने संकेत देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?