National life

निर्जीवन बीमा कम्पनीको २९ अर्ब ९९ करोड बढी बीमा शुल्क सङ्कलन, ४ कम्पनी घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
649Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा २९ अर्ब ९९ करोड ७६ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

गत आवको सोही समयावधिमा ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । निर्जीवन बीमाशुल्क ०.०६ प्रतिशत अर्थात् १ करोड ७१ लाख ५२ हजार रुपैयाँले कुल बीमा शुल्क सङ्कलन घटेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमकमध्ये १० ओटाको बीमाशुल्क बढेको भए पनि चार कम्पनीको घट्दा कुल सङ्कलित बीमाशुल्क घटेको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरूले २१ लाख ९३ हजार ५४७ ओटा बीमालेख जारी गरेर ३० अर्ब बीमाशुल्क सङ्कलन गरेका छन्।

त्यस्तै प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार २०७९ चैतसम्मको तुलनामा २०८० चैतसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ३४.५२ प्रतिशतले घटेको छ । यो सरकारी लगानी रहेको बीमा कम्पनी हो ।

यसै गरी क्रमशः यूनाइटेड अजोड इन्स्योरेन्सको १७.४५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३.१८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशतले घटेको हो । यस्तै तथ्याङ्क अनुसार दि ओरियन्टल इन्स्योरेन्सको सर्वाधिक ४१.३८ प्रतिशतले बीमाशुल्क सङ्कलन बढाएको छ । यस्तै प्रभु इन्स्योरेन्सको १४.८९ प्रतिशत, नेशनल इन्स्योरेन्सको १४.५२ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.०७ प्रतिशतले बढेको छ ।

Royal Enfield

६ ओटा निर्जीवन बीमकको व्यवसाय एकल बिन्दुको प्रतिशतमा वृद्धि भएको छ । सानिमा जीआईसी इन्स्योरेन्सको ७.७१ प्रतिशतले वृद्धि हुँदा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.०१ प्रतिशत, नेको इन्योरेन्सको ५.७८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.२३ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?