National life

निर्देशन विपरीत कार्य गर्ने २ लघुवित्तलाई राष्ट्र बैंकले तिरायो हर्जाना,सात वटालाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
1.5kShares
निर्देशन विपरीत कार्य गर्ने २ लघुवित्तलाई राष्ट्र बैंकले तिरायो हर्जाना,सात वटालाई निर्देशन
ncell

काठमाडौँ  । गत आर्थिक वर्ष २०८०-८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका भन्दै नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना तिराएको छ ।

गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो । त्यस क्रममा  ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । राष्ट्र बैंकबाट पुनरकर्जा, व्यावसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हर्जाना तिराएका २ लघुवित्तको नाम भने सार्वजनिक गरिएको छैन ।

यस्तै, निर्देशन विपरीत कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिइएको छ । साथै, २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ । गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसैगरी कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?