National life

नेपालमा लगानी गर्न दक्षिण कोरियाली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.3kShares
नेपालमा लगानी गर्न दक्षिण कोरियाली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

दक्षिण कोरियामा आयोजित नेपाल इन्भेष्टर सेमिनारुलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।

नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिंदै अध्यक्ष कार्कीले नेपालमा ऊर्जा उत्वपादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए ।

कोरियामा बसेका नेपालीहरुले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवद्र्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल नेपालको जलविद्युतको जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।

४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रुपमा स्थापित हुने पनि उनको भनाई थियो ।

नेपालले अहिले वर्षायाममा १ हजार मेगावाट भारत र ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गरिरहेको छ भने भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । नेपालका ६ हजार साना ठूला नदिनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए ।

सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावा६ आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।

यो लक्ष्य प्राप्तिका लागि नेपालले लगानीकर्तालाई मात्रै आमन्त्रण गरेको छैन, त्यहाँ आयोजनाका लागि आवश्यक पर्ने कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, उपकरण आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुर्नबिमक लगायतका सेवा प्रदायकका लागि पनि ठूलो अवसर रहेको कार्कीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?