National life

नेपालमा लगानी मन्त्री वातावरण बनेको छ: लगानी बढाउन जापानी लगानीकर्तालाइ आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
614Shares
नेपालमा लगानी मन्त्री वातावरण बनेको छ: लगानी बढाउन जापानी लगानीकर्तालाइ आग्रह
ncell

काठमाडौं । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयक छलफल सम्पन्न गरेका छन् ।

एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान९नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक बाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदी, आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान९नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो । त्यसै गरी पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्या संगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगायतको विषयमा वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए।

दोस्रो सत्रमा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीहरूलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीहरू सँगै ब्यवसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो ।

पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन जस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तर्क्रिया कार्यक्रम अनि नेपालबाट जापानमा विद्यार्थी लगायत विविध क्षेत्रका कामदारहरू पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा अभिवृद्धि गर्न चाहने जापनिज कम्पनीहरूलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावना लगायतको विषयमा अन्तर्क्रिया गराइएको थियो।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीले जापान(नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै यो कार्यक्रम मार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताए।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नु पर्ने बताए । यसै गरी नेपालमा ठुला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गरे। यही अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४ मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरुलाइ आग्रह गरे।

अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?