National life

नेपालमा विदेशी पर्यटकको मोह : गत वर्षको तुलनामा २४ हजार बढीको आगमन,कुन देशबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
870Shares
नेपालमा विदेशी पर्यटकको मोह : गत वर्षको तुलनामा २४ हजार बढीको आगमन,कुन देशबाट कति ?
ncell

काठमाडौँ । सन् २०२४ को जनवरी महिनामा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यो सन् २०२३ को जनवरीको तुलनामा यो संख्या २४ हजार बढी हो ।

गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका तथ्याकं अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

त्यसैगरी चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् ।

जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?