काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार २४८ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन् ।
यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा १२.१२ प्रतिशतले बढी हो ।
दोस्रो स्थानमा रहेको चीनबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि देखिएको छ । चीनबाट सेप्टेम्बरमा ११ हजार २१२ जना (१२.७१ प्रतिशत) पर्यटक भित्रिएका छन् । गत वर्ष ५ हजार २३७ जना मात्र चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११४ प्रतिशतभन्दा बढीको वृद्धि भएको हो ।
त्यसैगरी, संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा रहँदै ८ हजार २९९ जना (९.४० प्रतिशत) पर्यटक भित्रिएका छन् । चौथो स्थानमा रहेको श्रीलङ्काबाट ७ हजार १०८ जना र पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ४ हजार ८४२ जना पर्यटक नेपाल आएका छन् । बंगलादेशबाट ३ हजार ९६४ र बेलायत (यूके) बाट ३ हजार ७२५ जना पर्यटक आएका छन् ।
क्षेत्रगत हिसाबले दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३० हजार ८५ जना (३४.०९ प्रतिशत) पर्यटक आएका छन्, जुन गत वर्षभन्दा २३.८८ प्रतिशतले बढी हो ।
अन्य एसियाली मुलुकहरूबाट हुने आगमनमा ५७.९७ प्रतिशतको वृद्धि भई १९ हजार ८८८ जना पुगेको छ । यद्यपि, युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने केही गिरावट आएको छ । युरोपबाट १५ हजार १४८ (८.७३ प्रतिशतले कमी), अमेरिका क्षेत्रबाट १० हजार १०७ (१२.२९ प्रतिशतले कमी) र ओसियानाबाट ५ हजार ४२२ जना (२५.८७ प्रतिशतले कमी) पर्यटक नेपाल आएका छन् ।


































