National life

मार्च महिनामा एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
943Shares
मार्च महिनामा एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
ncell

काठमाडौँ – नेपालप्रति विदेशी पर्यटकको मोह बढ्दै गइरहेको छ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाई मार्ग भएर आएका पर्यटकको हो। बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

त्यस्तै, जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।

पर्यटन बोर्डका अनुसार श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?