काठमाडौं । बिहीबार आज पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको होे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
बुधबार हिजो तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोवार भएको भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

































