National life

नेपाल टेलिकमको खुद मुनाफामा १६.४४ प्रतिशतले गिरावट, ईपीएस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
653Shares
नेपाल टेलिकमको खुद मुनाफामा १६.४४ प्रतिशतले गिरावट, ईपीएस कति ?
ncell

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । उक्त अवधिमा कम्पनीले  ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ।

कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँ बराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल चालु सम्पत्ति ४९ अर्ब ९४ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।  कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?