National life

नेपाल टेलिकमको २१औं  बार्षिकोत्सव सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
730Shares
नेपाल टेलिकमको २१औं  बार्षिकोत्सव सम्पन्न
ncell

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव कार्यक्रम आज माघ २२ गते सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको कुरा व्यक्त गरे । उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा फेरजी सेवा पु¥याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरु पहिहान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्दै मन्त्री गुरुङले नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गरे। उहाँले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि सेवाको विस्तार सँगै गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्दै आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहक वर्गको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्दै उचित बजारीकरण रणनीति अपनाएर ग्राहकका गुनासाहरुलाई शीघ्र सम्बोधन गर्न र कर्मचारी परिचालनमा तथा कार्य संस्कृतिमा समयानुकूल सुधार गर्दै अगाडि बढ्न आग्रह गरे । ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले आम कर्मचारी वृत्तिविकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्राह गर्दै प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको र फेर जी डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशत भन्दा बढी हिस्सा फोर जी सेवाले ओगटेको बताए ।

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रादेशिक निर्देशनालय, उप(प्रादेशिक निर्देशनालय नेपालगञ्ज र वायरलेस सेवा निर्देशनालयबाट सबैभन्दा बढी रकमको कारोबार गर्ने रिचार्जकार्ड बिक्रेताहरु तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुका साथै आइभीआर १९८ मा मर्मतका लागि गुनासो दर्ता भई सोही दिन अत्यधिक लाइन मर्मत गर्ने सातै प्रदेशका १र१ दूरसञ्चार कार्यालयलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

एक्काइसौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले कर्णाली प्रदेश अन्तर्गत सञ्चालनमा रहेको सम्पूर्ण कपर प्रविधिमा आधारित उपकरणलाई फाइबर प्रविधिमा रुपान्तरण गर्दै आजकै मितिदेखि कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा गर्नुभयो । साथै उहाँले आजै बाट व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको ख्यध्ष्ँष् सेवाको समेत शुभारम्भ गर्नुभयो ।

यसै अवसरमा कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकाको खालीखर्क तथा डोल्पा जिल्लाको ठूली भेरी नगरपालिकामा द्धन् सेवाका बीटीएस स्थापना गरी सेवा सञ्चालन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?