National life

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त,को हुन् सन्तोष नारायण श्रेष्ठ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
1.4kShares
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त,को हुन् सन्तोष नारायण श्रेष्ठ ?
ncell

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि रित्त भएको बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको नयाँ नेतृत्व प्रदान गर्ने निर्णय गरेको हो।

यस पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिफारिसमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो। अन्ततः मन्त्रिपरिषद्ले सन्तोष नारायण श्रेष्ठलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्ड पुस २०८० देखि अध्यक्षविहीन थियो। यस अवधिमा, सरकारद्वारा अर्थ मन्त्रालयका सहसचिवलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिनु परेको थियो। तर, यस्तो व्यवस्थाले बोर्डका धेरै कामकाज र नीतिगत निर्णयहरूमा ढिलाइ भइरहेको अवस्था थियो।

श्रेष्ठको नेतृत्वमा बोर्डले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै पूँजी बजारको व्यवस्थापन र विकासमा गति ल्याउने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वबाट विशेष गरी धितोपत्र बजारको अन्तर्राष्ट्रियकरण, नीतिगत स्थायित्व, र लगानीकर्ताहरूका समस्याहरू समाधान गर्ने कार्यलाई प्राथमिकता दिने आशा गरिएको छ।

को हुन् सन्तोष नारायण श्रेष्ठ ?

स्याङ्गजाको भिरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । उनको बसाईं काठमाडौंमा समेत छ । श्रेष्ठले काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका छिन्। स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका श्रेष्ठ तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्ष समेत बनेका थिए ।

श्रेष्ठले वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल विद्युत प्राधिकरणमा ३ वर्ष सञ्चालक समिति सदस्य भएर काम समेत गरेका छन् । म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य श्रेष्ठ सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?