National life

 नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा सहित बोलायो एजीएम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
785Shares
 नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा सहित बोलायो एजीएम
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने जनाएको छ ।

वैशाख २६ गते बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोसको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त बैठकले लाभांश पारित गर्न जेठ १७ गते, बिहीबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ । अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीस पुतली, काठमाडौँमा बिहान साढे ९ बजे साधारण सभा सुरु हुनेछ।

सभाले प्रस्तावित लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ  ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ ६ गते आइतबार बुकक्लोज गर्ने भएको छ । जस अनुसार जेठ ३ गते बिहीबारसम्म नेप्सेमा कारोबार कायम सेयर धनीहरूले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?