National life

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब लगानी गर्दै, प्रस्ताव पेस गर्न आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
518Shares
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब लगानी गर्दै, प्रस्ताव पेस गर्न आह्वान
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको हाे।

राष्ट्र बैंकले यसका लागि प्रस्ताव पेस गर्न पनि आह्वान गरेकाे छ ।

राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

Royal Enfield
nic asia capital

केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ५ करोड राष्ट्रियस्तरका वत्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

राष्ट्र बैंकका अनुसार उक्त रकम आउँदो २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने छ।

इच्छुक बैंकले भोलि असोज २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?