National life

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
404Shares
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो ।

केन्द्रीय बैंकले भोलि असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र आज (असोज १४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १५ गते परिपक्व हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ११ अर्ब १३ करोड ५० लाख र रु. १ अर्ब ९६ करोड ५० लाख छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?