काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २५ गते साधारण सभा डाकेको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।
































