National life

नेप्सेमा लगातार बृद्धिः उत्साहित बन्दै लगानीकर्ता, कारोबारमा दैनिक सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
462Shares
नेप्सेमा लगातार बृद्धिः उत्साहित बन्दै लगानीकर्ता, कारोबारमा दैनिक सुधार
ncell

काठमाडौँ । आज समेत नेप्सेको  सूचक बढेको छ। यस दिन सूचक ६.५३ विन्दुले बढेर २६५३.३८ अंकमा आएको छ। बुधवार सहित नेप्से सूचक लगातार छैटौँ दिन बढेको हो।

Royal Enfield
nic asia capital

आज सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ। बुधवार ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६ वटा समूहको सूचक हरियाली छाएको छ भने २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेका छन्। आज फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।

यसदिन फाइनान्स र विकास बैंकको शेयर मूल्यमा सुधार आएको छ। आज विकास बैंकको २.५३ प्रतिशत र फाइनान्स समूहको ४.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।  यो महिना सकिएसँगै बजार थप उचाइमा पुग्नेमा लगानीकर्ता आशावादी देखिएका छन् ।

बजार बढ्दै जान थालेपछि सर्वसाधारण लगानीकर्ताको मनोबल पनि उच्च हुँदै गएको छ। सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको ठुलो भूमिका हुन्छ। बजार बढ्दा मात्र ठुलो समूहमा लगानीकर्ताको प्रवेश हुने गरेको पाइएको छ यद्यपि घटेको बेलामा भने आम लगानीकर्ताको बजारमा उपस्थिति न्यून रहने गरेको पाइन्छ । यसकारण नेप्से बढ्दै जाँदा कारोबार रकम पनि वृद्धि हुँदै जान सक्यो भने बजार थप बलियो हुनेछ ।

यस दिन ३०५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा न्यादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज सुपरमादी हाइड्रोपावरको १८ करोड ५९ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख ९० हजार रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १४ करोड ७४ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?