काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई दाबी बापतको रु ५५ लाख ६ हजार ६६६ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार बीमित वसन्त पुनले २०७८ साल चैत २१ गते नेशनल लाइफको न्यूरोड शाखामा जीवन बीमा गरेका थिए। पुनको गएको मंसिर ९ गते हृदयघातको कारण अकालमै ज्यान गएको थियो ।
घातक रोगका कारण अल्पायुमै ज्यान गुमाएका पुनको परिवारलाई कम्पनीले गएको पुस २४ गते दाबी भुक्तानी गरेको हो ।बीमित पुनले ईन्स्योरेन्समा २ कित्ता मात्रै बीमा शुल्क भुक्तानी गरेका थिए।
कम्पनीको न्यूरोड शाखा प्रमुख नुतन राज मगरले बीमितको परिवारलाई दाबी बापतको चेक हस्तान्तरण गरेका हुन् ।

































