काठमाडौं । आज दुई कम्पनी नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार असार २४ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सले भदौ ७ गते वार्षिको साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर एफपीओ हात पार्ने लगानीकर्ताले पनि पाउँने छन् ।
उक्त बोनस सेयर पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा साउन ३२ गते बस्दैछ । सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ।
































