National life

नेसनल लाइफ इन्सुरेन्सको नाफामा ६.२४ % ले वृद्धि, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
552Shares
नेसनल लाइफ इन्सुरेन्सको नाफामा ६.२४ % ले वृद्धि, अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौँ । नेसनल लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.२४ प्रतिशतले बढी हो।

गत वर्ष कम्पनीले १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ११.२८ प्रतिशत बढेर १ अर्ब ५० करोड ३५ लाख रुपैयाँ पुगेको छ। जसकारण नाफामा सुधार आएको आकलन गर्न सकिन्छ।

गत वर्ष उक्त आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ थियो। यता, खुद बिमा शुल्क संकलन १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ। बिमा कोषको आकार ८१ अर्ब ८४ करोड रुपैयाँ भन्दा धेरैको छ।

त्यस्तै, चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको नेसनलको रिटेन्ड अर्निङमा ६१ करोड ३७ लाख रुपैयाँ रहेको छ कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?